सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनस्थित महारुद्र मन्दिरमा जात्रा सुरु, नगपालिकाले दियो सार्वजनिक बिदा 

२०७९ कार्तिक १६, ०६:०१ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिका –२ स्थित प्रसिद्ध महारुद्र धाममा जात्रा शुरु भएको छ। हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ। महारुद्र मन्दिरको भण्डार घरबाट कार्तिक शुक्ल सप्तमीका दिन भण्डार लगेसंगै जात्रा शुरु भएको हो। 

पाटन नगरपालिका-२ सिमोडामा रहेको भण्डार घरबाट कार्तिक शुक्ल सप्तमीका दिन मन्दिरमा भण्डार लग्ने चलन रही आएको छ। महारुद्र मन्दिरमा असोजको नवरात्र, चैत नवरात्रमा पनि पूजाआजा हुने गरेको छ। महारुद्र मन्दिरमा लाग्ने सम्पूर्ण मेलाहरु मध्ये ठूलो जाँतको रुपमा कार्तिक शुक्ल सप्तमी र अष्टमीको दिन लाग्ने मेलालाई मान्ने गरिन्छ। महारुद्र मन्दिरमा लाग्ने जात्राको अवसरमा पाटन नगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ। 

कमेन्ट लोड गर्नुस