सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा नमूना मतदान कार्यक्रम सम्पन्न 

२०७९ कार्तिक १६, ०५:५५ खबर संवाददाता

बैतडीः जिल्ला निर्वाचन कार्यालयले बैतडीको पाटनमा मंगलबार आयोजना गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ। उक्त नमूना मतदान कार्यक्रममा ७ मत बदर भएको छन्। आसन्न निर्वाचनलाई ध्यानमा राखेर पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए। 

७१ जनाले मतदान गर्दा २८४ मत खसेकोमा ७ मत बदर भएको फुँयालले बताए। मतदान गर्ने तरीकाको बारेमा जानकारी दिनका लागि नमूना मतदानको आयोजना गरिएको उनले बताए। जिल्लाका १० ओटै स्थानीय तहमा नमूना मतदान सम्पन्न गरिने फुँयालले जानकारी दिए। 


 

कमेन्ट लोड गर्नुस