सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा एसले भन्यो, ‘बैतडीमा गठबन्धन छैन’

२०७९ कार्तिक १५, ०९:५२ खबर संवाददाता

बैतडी: नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले बैतडीको प्रदेशसभा (१) मा गठबन्धन नभएको बताएको छ। जिल्ला कमिटी अध्यक्ष महादेव भट्टले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार नरेन्द्र विष्टलाई मत दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभा क्षेत्रतर्फ गठबन्धन रहेको तर प्रदेशसभा (१) मा पार्टीले आफ्नै उम्मेदवार उठाएपनि कतिपय उम्मेदवारले गठबन्धन भएको भन्दै भ्रम फिजाएको एकीकृत समाजवादीले जनाएको छ। बैतडीको प्रदेशसभा (१) मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका वीरबहादुर विष्ट उम्मेदवार छन्।

उनीविरुद्ध कांग्रेसकै हरिमोहन भण्डारीले बागी उम्मेदवारी दिएका छन्। त्यस्तै, एमालेबाट सुरेन्द्र पाल उम्मेदवार छन्। एकीकृत समाजवादीले गठबन्धनबाट बैतडीका कुनै पनि क्षेत्रमा टिकट नपाएपछि नरेन्द्र विष्टलाई प्रदेशसभा (१) मा उम्मेदवार बनाएको छ।
 

कमेन्ट लोड गर्नुस