सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा भारतीय क्षेत्रबाट एक नेपाली नागरिकले हाम फाले

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक १२, ०९:३८ खबर संवाददाता

बैतडी: नेपालसँग जोडिएको भारतीय बजार झुलाघाट नजिकैबाट महाकाली नदीमा हाम फालेर एक नेपाली बेपत्ता भएका छन्। शनिबार दिउँसो अन्दाजी ३० वर्षीय नेपाली नागरिकले नदीमा हाम फालेर बेपत्ता भएका भारतीय पत्रकार प्रमोद भट्टले बताएका हुन्।

पत्रकार भट्टका अनुसार उनी बैतडीका बासिन्दा हुन्। तर उनको परिचय भने खुलि नसकेको भारतीय पुलिस थाना अध्यक्ष अनिल आर्याले जानकारी दिएको पत्रकार भट्टले बताए। भारतीय बजार झुलाघाटस्थित लाटेश्वर मन्दिर नजिकैबाट ती व्यक्तिले हामल फालेको बताइएको छ। उनले कालो जकेट लगाएका थिए। उनको खोजी कार्य भइरहेको भारतीय प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस