दक्षिणी फिलिपिन्समा बाढी, १३ को मृत्यु
मनिलाः दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौँ सहरहरूमा रातभरि परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु भएको छ। अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरूले बताएका छन्।
भीषण बाढीको कारण आएको पहिरोमा परी १३ जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयकमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गरे। फिलिपिन्समा मुख्यतया प्यासिफिक रिङ अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुलनामा यस्ता प्रकोपहरू आउने गरेका छन्।
औसत रूपमा यस देशमा वार्षिक बीस ओटा टाइफुनहरु आउने गरेका छन् । ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ। रासस