सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनी र कञ्चनपुरको बेलौरीमा नयाँ शहरको डिजाईन सर्वेको काम अधुरै

२०७५ चैत्र १, १०:४२ सीताराम ओझा

कैलाली र कञ्चनपुरको हुलाकी राजमार्ग आसपासमा व्यवस्थित वसोवास गराउनका लागि दुई वटा नयाँ शहर निर्माण गर्नका लागि थालिएको डिजाईन सर्वेको काम पटक पटक समय थपिदा पनि सम्पन्न हुन सकेको छैन् । ६ महिनाको सुरुवाती समय दिएर थालिएको काम एक बर्ष पुग्न लाग्दा पनि नसकिएको हो । कैलालीको भजनी र कञ्चनपुरको वेलौरीमा डिजाईन सर्वेका लागि गत कार्तिकमै समय सकिएपछि थपिएको समयमा पनि कामले गति लिन नसक्दा फेरि समय थप्नुपर्ने देखिएको छ । दुवै शहरका वडा स्तरवाट आएका एकिकृत योजनाहरु छनोट भएर त्यसलाई अन्तिम रुप दिने तयारी भईरहेको वेला दुवै शहरका मुख्य योजनाको डिपिआर बनाउने काम सुरु गरिएको डिजाईन सर्वेको काम गरिरहेको एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, मुनलाईट सिभिल सोलुसन र ईलाईट सिभिल डिजाईन कन्सलेन्टका सञ्चालक कृष्ण यादवले जानकारी दिए । 

गत वैशाख ४ गते भएको सम्झौता अनुसार कार्तिक ४ गते डिजाईन सर्वेको म्याद सकिएको थियो । त्यसपछि फागुनसम्मका लागि डिजाईन सर्वेको काम गर्न म्यानद थपिएकोमा यो अवधिमा पनि नसकिएपछि फेरि म्यादन थप हुँदै छ । ढिलोगरी काम सुरु गरिएकोमा भजनी र वेलौरी नगरपालिकाका वडाहरुवाट आएका योजनाहरु सहितको एकिकृत विकास योजना छनोट गरेर नयाँ शहर आयोजनालाई प्रतिवेदन वुझाई सकिएको परामर्शदाता कम्पनीले जनाएको छ । दुवै शहरका महत्वका केही योजनाहरु छनोट गरे ती योजनाको डिपिआर बनाउने काम अवको दुई सातामा सिद्धाउने परामर्शदाता कम्पनीको दावी रहेको छ । फिल्डमा गर्नुपर्ने ८० प्रतिशत काम सकिएको र अव केही महिनामै पुरा काम सम्पन्न गर्ने दावी परामर्शदाता कम्पनीका सञ्चालक यादवको रहेको छ । 

सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका पुराना सदरमुकामलाई नयाँ शहरका रुपमा विकास गर्नका लागि प्रारम्भीक चरणकै काममा ढिलाई भईरहेको छ । ढिलो गरी स्थलगत अध्ययनको काम थालिएकोमा त्यसमा जन प्रतिनिधिहरुकै असहयोगले समयमै काम नसकिएको अवस्थामा पटक पटक म्याद थप गरेर काम गरिएको थियो । एकिकृत विकास योजना सँगै दुवै नगरपालिकामा तीन तीन वटा ठुला आयोजनाको डिपिआर समेत बनाउनुपर्ने नयाँ शहर आयोजनाले जनाएको छ । त्यसका लागि काम भईरहेको र आफुहरु पनि अव भने चाँडो गर्नका लागि भनिरहेको दावी नयाँ शहर आयोजनाको रहेको छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस