सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्तीमा थप रसबरी मागेपछि बेहुली पक्षसँग झडप, चक्कु लागेर एक युवक बिते

२०७९ कार्तिक ११, ०९:३८ खबर संवाददाता

एजेन्सीः भारतको आग्रामा रसबरीका कारण विवाहको खुशी शोकमा परिणत भएको छ। जुलुसमा आएका २० वर्षीय बालकको चक्कु लागेर मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घटनापछि जन्ती बिहेली नलगी फर्किएको छ।

घटना बुधबारको हो। खण्डौली बस्ने व्यापारी वकारका दुई छोरा जावेद र रशिदको विवाह एतमादपुर बस्ने उस्मानका छोरी जैनाब र साजियासँग भएको थियो। जुलुसलाई खाना खुवाइएको थियो। जन्तीले थप रसबरी मागेपछि रसबरी बाँड्ने बेहुली पक्षका युवकले सबैले एक–एक वटा मात्र पाउने बताएका थिए। जसका कारण विवाद उत्पन्न भएको थियो।

विवादबाट सुरु भएको घटना रगतको झडपमा परिणत भयो। बेहुला र बेहुली पक्ष आमनेसामने भए। जहाँ कुर्सी, चक्कु, थाल, चम्चा, काँटा, हातमा जे जे भेटियो त्यसले हिर्काउन थाले। उक्त झडपमा २० वर्षीय सन्नी नाम गरेका एक युवकको चक्कु लागेर मृत्यु भएको थियो। 

आधा जुलुस खाना खाएर फर्किसकेको थियो

मृतक सन्नीका काका इमरानले समयमै जन्ती लिएर विनायक भवन पुगेको बताए। जन्ती आउनेबित्तिकै खाना खान दिइएको उनको भनाइ थियो। डेढ घण्टामा आधा जन्ती खाना खाएर फर्किएको थियो। स्थानीय समस्या भएकाले सबै घर जान चाहन्थे। विवाहमा बेहुलाका केही विशेष आफन्त र साथीहरू मात्रै बसेका थिए। मृतक सन्नीका परिवारको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतक सन्नीका काका कालेले महिलामाथि पनि दुर्व्यवहार भएको आरोप लगाएका छन्।

उनीहरुको गहनासमेत लुटिएको उनले बताए। उजुरी दर्ता भएलगत्तै बेहुलीका सम्पूर्ण परिवार अहिले फरार भएका छन्।


 

कमेन्ट लोड गर्नुस