सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानलाई जिम्बावेले १ रनले हरायो

२०७९ कार्तिक १०, ०९:५० खबर संवाददाता

 

काठमाडौँ: आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएको छ। पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो। 

जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो। उसका शन मसुदले ४४ रन बनाए। बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो। उसका सेन विलियम्सले ३१ रन बनाए। बलिङतर्फ पाकिस्तानका मोहम्मद वसिमले चार र शदाब खानले तीन विकेट लिए। यो जितसँगै जिम्बावे दुई खेलमा तीन अङ्कसहित समूह (२) को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पाकिस्तान भने अङ्कविहीन छ।  

कमेन्ट लोड गर्नुस