सुदूर नेपाललाई विश्वसँग जोड्दै

नरेशको गीतमा भिडियो बनाउनेलाई २ लाख पुरस्कार

२०७५ चैत्र १, १०:३९

नरेश जोगीको नयाँ डान्सिङ गीत सार्वजनिक भएको छ। उनको मायाँ बस्यो लै–लै बोलको गीत सार्वजनिक भएको हो। नरेशको शब्द, संगित र आवाजमा रहेको गीतमा सुनिल क्षेत्री र कविता नेपालीको नृत्य  छ। 
क्षेत्री भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपाली भाषी हुन भने, नेपाली  बुगीवुगी डान्स प्रतियोगिताकी विजेता हुन्। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ। निश्चल केसीले कोरियोग्राफी गरेको गीतको भिडियो निर्देशन शिशिर केसीले गरेका हुन्। 


गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुई जना र उत्कृष्ट टिकटक भिडियो बनाउने एक जनालाई पुरस्कारको बेवस्था समेत गरिएको छ।  उत्कृष्ट भिडियो मध्ये पहिलोलाई दुई लाख,  दोश्रोलाई एक लाख र उत्कृष्ट टिकटक भिडियो बनाउने एक जनालाई ५० हजारको पुरस्कारको बेवस्था छ। भिडियो जुलाई १५ सम्म पठाउनु पर्ने छ।
कमेन्ट लोड गर्नुस