सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानी प्रधानमन्त्री शरीफ २ दिने चीन भ्रमणमा जाने

२०७९ कार्तिक १०, ०४:४३

एजेन्सी: पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ चीन भ्रमणमा जाने तयारी भएको छ। आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा शरीफले चीनको दुई दिने भ्रमण गर्ने तयारी छ।

उनी आउँदो कात्तिक १५ गते अर्थात् नोभेम्बरको पहिलो दिन चीन भ्रमणमा जान लागेका हुन्। पाकिस्तानको प्रधानमन्त्री भएपछि शरीफले पहिलो पटक चीनको भ्रमण गर्न लागेका हुन्। बेइजिङमा रहँदा पाकिस्तानका प्रधानमन्त्री शरीफले राष्ट्रपति सी जिन पिङलाई भेट्नेछन् भने प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नुका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा पनि गर्ने तयारी छ। पाकिस्तानी विदेश मन्त्रालयले पनि भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको सम्बन्ध तथा सहयोग आदानप्रदानको निरन्तरता भएको जनाएको छ।

पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा चीन–पाकिस्तान आर्थिक कोरिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ। 

कमेन्ट लोड गर्नुस