बङ्गलादेशमा आँधीबाट २८ जनाको ज्यान गयो, लाखौँ प्रभावित
एजेन्सी: बङ्गलादेशमा सित्राङ नामको आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ। सित्राङबाट लाखौँ मानिस प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ।
आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन भएका छन्। उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव फेला पारेका छन्। योसँगै आँधीबाट ज्यान जानेको सङ्ख्या २८ पुगेको हो।
बङ्गलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ। सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो। त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो।
अधिकारीहरूले यस शक्तिशाली आँधी आउनुअघि झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याउन सफल भएको बताएका छन्। आँधीको गति ८० किलोमिटर प्रतिघण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ।