सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेन–रुस द्वन्द्व झन चर्किदै, तत्काल युक्रेन छाड्न भारतीय नागरिकलाई दूतावासको आग्रह

२०७९ कार्तिक ९, ०९:३० खबर संवाददाता

काठमाडौँः किएभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ। मंगलबार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गर्दै तत्काल भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरेको हो।

रुस–युक्रेन द्वन्द्व चर्किँदै गर्दा भारतीय दूतावासले एडभाइजरी जारी गरेको हो। भारतीय दूतावासद्वारा जारी एडभाइजरीमा भनिएको छ, 'गत अगस्ट १९ मा जारी गरिएको एडभाइजरीपछि फेरि एकपटक सबै भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरिएको छ।'

भारतीय दूतावासले अघिल्लो एडभाइजरीपछि केहीले युक्रेन छाडिसकेको जानकारी दिएको छ। साथै युक्रेन छाड्नका लागि सीटमामा पुगेका भारतीय नागरिकलाई दूतावासको सम्पर्कमा आउन पनि आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस