सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिकामा लगाइएको ताला खुल्यो

२०७९ कार्तिक ७, ०३:३६ खबर संवाददाता

धनगढीः बैतडीको मेलौली नगरपालिकामा लगाइएको ताला खुलेको छ। बिहीबार लगाइएको ताला आइतबार खुलाइएको हो। नगरप्रमुख भीमबहादुर चन्दसहित कार्यपालिका सदस्य र तालाबन्दी गर्ने पक्षबीच सहमति गरिएपछि ताला खुलाइएको हो। उनीहरुबीच अस्पताल निर्माणबारे आम निर्वाचनपछि मात्रै कार्यपालिका बैठकले निर्णय गर्ने सहमति गरिएको छ। 

अस्ति १५ शैय्याको अस्पताल तोकिएको ठाउँबाट अन्यत्र सार्न चलखेल भइरहेको भन्दै वडा नंः १ का स्थानीयहरुले पालिकामा तालाबन्दी गरेका थिए। उनीहरुले आफ्नो वडास्थित बिठ्ठनेमा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध भइसके पनि पालिकाले अन्यत्र सार्न खोजेको आरोप लगाएका छन्। पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ।

त्यहाँ संघीय सरकारले २०७० सालमै १५ शैय्याको अस्पताल निर्माणका लागि निर्णय गरेपनि अहिले सम्म विवादकै कारण अलपत्र बनेको छ। 

कमेन्ट लोड गर्नुस