सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थ्रेसरमा परेर एक महिलाको मृत्यु 

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक ७, ०७:०९ खबर संवाददाता

धनगढी: कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका –३ भर्रीटोल बस्ने ४५ वर्षीया बिना चौधरीको मृत्यु भएको हो। 

उनको खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा बेरिएर थ्रेसरमा परेको र घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस