सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरखा अस्पतालमा डाक्टरमाथि ढोका थुनेर कुटपिट

२०७९ कार्तिक ६, ०९:३१ खबर संवाददाता

काठमाडौँ: गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सकमाथि कुटपिट गरिएको छ। ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा.अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर हातपात गरेको अस्पतालले जनाएको हो।

आइतबार दिउँसो एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुगेकी थिइन्। रिपोट चिक्तबुझ्दो नभएको भन्दै कुटपिट भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले बताए।

घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुन वमोजिम कारबाहीको लागि अस्पताल व्यवस्थापन समितिले माग गरेको छ। कुटपिटमा संलग्नको पहिचान भइसकेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस