बाजुरामा राति ९ बजेपछि देउसी खेल्न नपाइने
धनगढी: बाजुरामा राति ९ बजेपछि देउसी खेल्न नपाइने भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय बाजुराले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेलन भनेको हो।
त्यस्तै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला, उच्छृङ्खल गतिविधि गर्ने, पटाका, आतिसबाजीजन्य विस्फोटक तथा प्रज्वलनशील पदार्थको ओसारपसार तथा विक्री वितरण र प्रयोग गर्ने गैरकानुनी कार्य नगर्न पनि सूचनामार्फत भनिएको छ। सूचनाको पालना नगरे कानुन बमोजिम कारबाही गरिने जनाइएको छ।