सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु 

२०७९ कार्तिक ६, ०४:५० खबर संवाददाता

धनगढी: बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको पुचौँडी नगरपालिका-१० महरा गाउँ ठुलाशैनाका अन्दाजी ५० वर्षीय पठान सिंह महाराको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो।

आइतबार खर काट्ने क्रममा सतुराडी भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस