स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर अर्याल सम्मानित
धनगढीः प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख डाक्टर निरज अर्याल सम्मानित भएका छन्। काठमाडौंमा शनिबार फोकस नेपाल नामक संस्थाले डाक्टर अर्याललाई सम्मानित गरेको हो। संस्थाले वरिष्ट कन्सल्टेन्ट रेडियोलोजिष्ट तथा निमित्त निर्देशक अर्याललाई राष्ट्रिय सेवा सम्मान २०७९ बाट सम्मानित गरेको हो।
फोकस नेपालले डाक्टर अर्यालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदानको गरेको भन्दै राष्ट्रिय सेवा सम्मान २०७९ प्रदान गरिएको जनाएको छ। शनिबार एक समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले डाक्टर अर्याललाई सम्मान पत्र प्रदान गरेका थिए।