दार्चुलामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
धनगढी: दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-६ मा सुपप्र ०२ ००१ त १४६७ ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा शैल्यशिखर-५ बगौराका २३ वर्षीय सन्तोष डाँगा रहेका र चालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए। दुर्घटनामा दुई जना घाइते भएका छन्। शैल्यशिखर-५ कै २८ वर्षीय सुरेशसिंह डाँगा र सोही ठाउँका २८ वर्षकै श्यामसिंह डाँगा घाइते भएका हुन्।
उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रवक्ता शाहीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।