सुदूर नेपाललाई विश्वसँग जोड्दै

हत्याका अभियुक्त प्रहरीको हिरासतमै भेटिए

२०७५ फाल्गुन ३०, ११:३० खबर संवाददाता

मंगलबार राती जिल्ला प्रहरी कार्यालयको हटलाईनमा कसैले फोन गर्यो । एक जना व्यक्तीले सदरमुकामका केही घर पसलहरुमा तोेडफोड गर्दै हिडिरहेको जानकारी गराएपछि प्रहरी चनाखो भयो । पछ्याउदै गएको प्रहरीले एक जना शंकास्पद मानिसलाई सदरमुकाम नजिकै रहेको बाहुलीगाड पुलमा भेट्यो । प्रहरी देखेपछि पुलको छेउबाट हाम फाल्दै भाग्न खोज्ने ती व्यक्तीलाई राती १२ बजेतिर प्रहरीले पक्राउ गर्यो । पक्राउ पर्ने व्यक्ती थिए, सुर्मा गाउ“पालिका १ दौलीचौरका २५ बर्षीय दर्पन बोहरा । मदिराको मातमा रहेका बोहोराले राती कतै घटना घटाउन सक्छ भन्ने आशंकामा प्रहरीले उनलाई हिरासतमै राखेको थियो । बुधबार विहानै सदरमुकामकै चौगाउ“टोलमा एक जना युवकको लास भेटियो । विच सडकमा रक्ताम्मे अवस्थामा भेटिएको लास पनि सुर्मा १ दौलीचौरकै ३५ बर्षका धर्क बहादुर बोहोराको थियो । 

विच सदरमुकाममा हत्या भएको घटनाले एकाएक सदरमुकाममा सन्त्रास फैलियो । जिल्लाको शान्ति सुरक्षाप्रति प्रश्न उठाउदै पिडितका आफ्न्त र सदरमुकामवासीहरु जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्न थाले । हत्याको घटनाले चैनपुर असान्त र त्रसित बन्यो । यता प्रहरीलाई तत्काल अनुसंन्धान गरेर हत्यारा  सार्वजनिक गर्नुपर्ने चुनौती थियो । चैनपुरमा घटनास्थलको सर्जिमिन मुचुल्का हुदै गर्दा डिएसपी प्रविण धिताल हत्यापछि हुन सक्ने सम्भावित विरोध, सदरमुकामको सुरक्षा र सम्भावित अपराधीको बारेमा छलफल गदै गर्दा एकाएक शंकाको सुई राती पक्राउ परेका दर्पनतिर पुग्यो । ‘मदिरा खाई हल्ला गरेको केसमा एक दिन भन्दा बढी थुन्न मिल्दैन । १० बजेतिर हामी उनलाई छोड्ने तयारीमा थियौ । कतै उसैले घटना गरेको हो की भन्ने शंका लागेर सोधपुछ गर्यौ’ धितालले भने ‘नभन्दै उसको लुुगामा रगतका टाटा देखिए । हत्याको कुरा गर्ने वित्तिकै उ आतियो । केहीबेरमै हत्या स्विकार गर्यो’ । 

यसरी घटना सार्वजनिक हुनुपुर्व नै अपराधी हिरासतमा पुगेको थाहा पाए पछि आफु अच्चमित भएका डिएसपीले भने । ‘मेरो करियरको अवधिमा यस्तो संयोज जुरेको पहिलो पटक हो । ‘पाप धुरीबाट कराउ“छ’ भने जस्तै भएको हो’  घटना सार्वजनिक भएको २ घण्टाभित्रै अभियुक्त पक्राउ परेको खबर आएपछि जिल्ला प्रशासन कार्यालयमा भइरहेको तनाव समेत साम्य भएको थियो । प्रहरीलाई तल्काल हत्यारा पत्ता लगाउन चुनौती भैरहेको बेलामा अभियुक्त प्रहरी हिरासतमै भेटिएपछि आफुहरुलाई निकै राहत महसुस भएको धितालले प्रतिक्रिया दिए । 

हत्या स्वीकार गरेका दर्पनले यार्साको रकम लेनदेनको विषयमा विवाद भएपछि ढुङ्गाले हानेर मारेको स्वीकार गरेका डिएसपी धितालले बताए । मृतक र आफुले मंगलबार सा“झबाट नै स“गै मदिरा सेवन गरेको बताउने दर्पणले रक्सी खाने क्रममा रकम लेनदेनको कुरा उठेको बताएको प्रहरीले जनाएको छ । आफुले यार्साको रकम माग्न थालेपछि धर्क त्यहा“बाट भागेको र उसलाई लखेट्दै गएर ढुङ्गाले हानेपछि ढलेको दर्पनले बताए । ‘दुवै जनाले अत्याधिक मात्रामा मदिरा सेवन गरेका रहेछन । मृतक मातेर भाग्नै नसक्ने अवस्था भएका कारण पनि ढुङ्गाले हानेर हत्या गर्न सजिलो भएको देखिएको छ’ डिएसपी धितालले भने । हत्या स्वीकार गरेका दर्पन माथि थप अनुसन्धान भैरहेको र छिटै आवश्यक प्रमाण सहित अदालत पेस गरिने उनले बताए । यसैको अनुसन्धानका लागि कैलालीबाट समेत विशेष कुकुर बझाङ जिल्लामा पुर्याएको थियो । गएराति अनुसन्धान गर्ने क्रममा कुकुरले समेत जुन ठाँउबाट संकास्पद व्यक्ती समातिएको थियो । त्यो ठाँउसम्म कुकुर सुघ्दै पुगेको डिएसपी धितालले बताए । यसबाट समेत थप पुष्टि भएको प्रहरीको भनाई छ । 
 
 

कमेन्ट लोड गर्नुस