सुदूर नेपाललाई विश्वसँग जोड्दै

विभिन्न खेल विधामा कीर्तिमान 

२०७९ कार्तिक ४, ०६:३८ खबर संवाददाता

पोखरः पोखरामा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा कीर्तिमानको ओइरो नै लाग्यो। खेलाडीहरुले खुलेर आफ्नो खेल कौसल प्रदर्शन गरेपछि नयाँ नयाँ कीतिमान कायम भए। लामो समय आफ्नो प्रतिभा देखाउन नपाएका खेलाडीले एथलेटिक्स, टेनिस, पौडी, भारोत्तोलन लगायतका खेल विधामा राष्ट्रिय रेकर्ड कायम गर्न सफल भए।
    
प्रतियोगितामा एथलेटिक्सतर्फ नेपाली सेनाका जयरानी थारुले पाँच स्वर्ण पदक जित्न सफल भए। एथलेटिक्सको पाँच प्रतिस्पर्धामा सहभागी उनले तीनवटा राष्ट्रिय कीर्तिमानसहित पाँचवटैमा स्वर्ण जिते। 

त्यसैगरी टेनिसमा नेपालको पहिलो वरियताका खेलाडीसमेत रहनुभएका अभिलाषा विष्टले सर्वाधिक चार स्वर्ण जितेर राष्ट्रिय कीर्तिमान बनाए। सेनाबाट खेल्नुभएका अभिलाषाले टेनिसको ‘महिला एकल’, ‘महिला युगल’, ‘मिक्स डबल्स’ र ‘टिम इभेन्ट’मा गरी चार स्वर्ण पदक जिते। उनले टेनिसमा एकै व्यक्तिले चार स्वर्ण जित्ने पहिलो कीर्तिमानसमेत बनाए।
यसैगरी नेपाल प्रहरीका तारादेवी पुनले नवौँ राष्ट्रिय खेलकुदको भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान  बनाए। 

उनले महिला ८१ केजी तौल समूहमा ‘स्न्याच’ र ‘क्लिन एण्ड जर्क’मा गरी तीन वटा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो। सेनाका एथलेटिक्स खेलाडी सोमबहादु कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाए। उनले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै आफ्नो पक्षमा रेकर्ड राखे।

राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला एक मिटर दौडमा पनि यसपटक राष्ट्रिय कीर्तिमान कायम भएको छ।  सेनाका सरस्वतीले चौधरीले पुरानो रकर्ड भङ्ग गर्दै आफ्नो नाममा रेकर्ड राख्न सफल भइन। 

यसैगरी नेपाल प्रहरीका चन्द्रकला लामगाडेले ज्याभलिनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। उनले यसअघि शटपुटमा पनि स्वर्ण जितेकी जित्नुभएकामा ज्याभलिनमा कीर्तिमान बनाइन्। त्यस्तै चार सय मिटर महिला दौडमा एपिएफका रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमान बनाइन्।
उनले कीर्तिमानसहित स्वर्ण पदक जितिन्। भारोत्तोलनको ८१ किलो तौल समूहमा पुलिसका विकास थापाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक आफ्नो नाममा लेखे। 
उनले ‘क्लिन एण्ड जर्क’मा १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

कमेन्ट लोड गर्नुस