बाजुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ
धनगढीः बाजुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। जिल्लाको त्रिबेणी नगरपालिका–७ का एकजना भरुवा बन्दुकसहित प्रकाउ परेका हुन्। पक्राउ पर्नेमा ४५ वर्षीय नया लुहार मिजार रहेको प्रहरीले बताएको छ।
उनको साथबाट भरुवा बन्दुक १ थान, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० गोटा बरामद गरिएको प्रहरीले जनाएको हो। उनलार्इ प्रकाउ गरी थप अनुसन्धान भइरहेको छ।