दार्चुलामा भीरबाट लडेर एक युवक बिते
२०७९ कार्तिक ४, १०:०१
धनगढीः दार्चुलामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ। लेकम गाउँपालिका–५ मैखोलीस्थित लिसिनी भीरबाट लडेर स्थानीय ३१ वर्षीय जयदेब जोशीको मृत्यु भएको हो।
शुक्रबार बिहान डोका ल्याउन लेकम गाउँपालिका–२ गराडीतर्फ गएका जोशी भीरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए।
मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी छन्।
कमेन्ट लोड गर्नुस