सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक नगरपालिकामा ताला लगाइयो, कारण यस्तो

२०७९ कार्तिक ३, ०४:१५ खबर संवाददाता

धनगढीः बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको  छ। पालिकामा १५ शैय्याको अस्पताल तोकिएको ठाउँमै बन्नुपर्ने भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्।

बिहीबार नगरपालिकाको वडा नम्बर १ का स्थानीयहरुले पालिकामा तालाबन्दी गरेका हुन्। उनीहरुले आफ्नो वडास्थित बिठ्ठनेमा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध भइसके पनि पालिकाले अन्यत्र सार्न खोजेको आरोप लगाएका छन्। पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ।

नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा , शिक्षा शाखा लगायतका अन्य शाखाहरुमा तालाबन्दी गरिएका छ। त्यहाँ संघीय सरकारले २०७० सालमै १५ शैय्याको अस्पताल निर्माणका लागि निर्णय गरेपनि अहिले सम्म विवादकै कारण अलपत्र बनेको छ। 

कमेन्ट लोड गर्नुस