सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटनाः घाइते ६ जनाको पहिचान खुल्यो [नामसहित]

२०७९ कार्तिक ३, ०२:४६ खबर संवाददाता

धनगढीः बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनाको पहिचान खुलेको छ। जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामी गाउँतर्फ जाँदै गरेको सुपप्र ०१-००१ ज १३७९ नम्बरको जिप बिहीबार बिहान लेट्ठेकोटमा दुर्घटना भएको थियो। 

प्रहरीका अनुसार दुर्घटनामा परेर जिप चालक डिलाशैनी गाउँपालिका ७ बस्ने २२ वर्षीय महेशराज जोशी, सोही ठाउँका ७० वर्षीय नारायणदत्त जोशी, ५४ वर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ वर्षीय मदनराज जोशी र  ६ वर्षीय कपिलराज जोशी रहेका छन्।  

जिप सडकबाट १०० मिटर तल खसेको छ। घाइतेलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्‍याइएको छ। दुर्घटनाका कारण खुल्न सकेको छैन। 


 

कमेन्ट लोड गर्नुस