बैतडीको लेट्ठेकोटमा जिप खस्यो, ६ जना घाइते
धनगढीः बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा बिहीबार सुपप्र ०१ ज १३९७ नम्बरको जिप दुर्घटना भएको हो।
गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामी गाउँतर्फ गइरहेको उक्त जिप बिहान ११ बजेतिर लेट्ठेकोटमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। जिप सडकबाट ८० मिटर तल खसेको थियो। अहिले घाइतेहरुको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ। जिपमा चालकसहित ६ जना सवार थिए। घाइतेहरुको अवस्था समान्य रहेको र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।