प्रदेशसभा उम्मेदवारको खर्चको सीमा तोकियो, कुन क्षेत्रकाले कतिसम्म पाउने ? (सूचीसहित)
काठमाडौंः प्रतिनिधिसभाका क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको निर्वाचन आयोगले प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा पनि निर्धारण गरेको छ। निर्वाचन खर्चिलो बनेको बढिरहेका बेला आयोगले दल तथा उम्मेदवारका लागि खर्चको अधिकतम सीमा तोकेको हो।
प्रदेशसभाका उम्मेदवारले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरकफरक खर्च सीमा निर्धारण गरिएको आयोगले जनाएको छ। आयोगले निर्वाचन क्षेत्रको आधारमा अधिकतम १५ लाखदेखि २३ लाखसम्म खर्चको मापदण्ड निर्धारण गरेको छ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले गर्न पाउने खर्चको फरकफरक सीमा निर्धारण गरे लगत्तै प्रदेशसभातर्फ पनि क्षेत्रगत रूपमा फरकफरक खर्चको सीमा निर्धारण गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले जानकारी दिए।
हेर्नुस्-कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ?