बैतडीमा ५३ हजारका अखाद्य सामग्री नष्ट
धनगढी: बैतडीको सुर्नया गाउँपालिका भित्रका बजारबाट ५३ हजार बराबरका लेबल नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ। सुर्नयामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको हो।
पालिका भित्रका बजारमा अनुशासन कायम गर्न, म्याद नाघेका सामग्री विक्रि-वितरणमा रोक लगाउन र कालोबजारी हटाउन अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए। अनुगमनका क्रममा दर्ता नगरेर सञ्चालनमा रहेका पसलहरुलाई दर्ता गर्न र उपभोक्ताहरुलाई म्याद हेरेर मात्रै सामग्री खरीद गर्न आग्रह गरिएको छ। पालिकाले व्यवसाय सञ्चालन गरेकाहरुलाई समयमै कर बुझाउन पनि अनुरोध गरेको छ।