काँग्रेस बैतडीका पुराना नेता भट्टको निधन
२०७९ असोज ३१, ०४:०२
धनगढीः नेपाली काँग्रेस बैतडीका पुराना नेता महेशशरण भट्टको निधन भएको छ। सोमबार जिल्लाको दोगडाकेदार गाउँपालिका ४ पिपलकोट निवासी भट्टको आफ्नै निवासमा निधन भएको हो।
श्वासप्रश्वासका बिरामी रहेका भट्ट केही वर्ष यता सक्रिय राजनीतिबाट टाढा थिए। काँग्रेस बैतडीको सचिव समेत रहीसकेका भट्टले विभिन्न संघसंस्थाहरुको नेतृत्व समेत गरेका थिए।
कमेन्ट लोड गर्नुस