सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिग्रिएका मोबाइलको संख्या ५ अर्ब ३० करोड 

२०७९ असोज ३१, ०९:३३ खबर संवाददाता

काठमाडौंः हालै सार्वजनिक भएको एक रिपोर्टले यसै विषयमा निकै अनौठो तथ्यको खुलासा गरेको छ। जस अनुसार यो वर्षको अन्त्यसम्ममा विश्वमा ५ अर्ब ३० करोड मोबाइल फोनहरु काम नलाग्ने हुनेछन्। बिग्रिएका तथा प्रयोगमा नआउने त्यस्ता फोनहरु फोहोरमा फ्याँकिनेछन् र त्यसमध्ये निकै थोरै फोनको मात्रै सही ढंगले नष्ट तथा व्यवस्थापन हुनेछ।

वेस्ट इलेक्ट्रिकल्स एण्ड इलेक्ट्रोनिक इक्विपमेन्ट फर्मले गरेको सर्भेक्षणले यस्तो तथ्यको खुलासा गरेको हो। उक्त अध्ययन सर्भेक्षणमा मानिसहरुले किन आफ्नो पुरानो विद्युतीय ग्याजेटलाई मर्मत तथा रिसाइकल गराउनका लागि ल्याउँदैनन् भन्ने प्रश्नको जवाफ खोजिएको थियो।

अध्ययनको रिपोर्ट अनुसार युरोपेली देशहरुमा हरेक घरमा औसतमा ७४ वटा प्रयोगविहीन तथा बिग्रिएका विद्युतीय उपकरणहरु यत्तिकै थन्किएका छन्। –एजेन्सी

कमेन्ट लोड गर्नुस