सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग हस्पिटलले मनायो विश्व एनेस्थेसिया दिवस

२०७९ असोज ३०, ०६:१२ खबर संवाददाता

धनगढीः धनगढीस्थित निसर्ग हस्पिटलले विश्व एनेस्थेसिया दिवस मनाएको छ। आइतबार हस्पिटलको अप्रेशन विभागमा कार्यरत डाक्टर र स्टाफको सयुक्त समूहले दिवस मनाएको होे। 

कार्यक्रममा एनेस्थेसियोलोजिष्टद्धय डाक्टर हेमन्त ओझा र डाक्टर सुनिल भट्टले एनेस्थेसिया सम्बन्धी विविध जानकारी दिएका थिए। अप्रेशन विभागका सम्पूर्ण तथा डाक्टरको समूहको सहभागिता रहेको कार्यक्रममा एनेस्थेसियोलोजिष्ट हेमन्त ओझाद्धारा केक काटिएर विश्व एनेस्थेसिया दिवस मनाइएको थियो।

यस्तै कार्यक्रममा हस्पिटलका मेडिकल डाइरेक्टर मेराज अलाम अन्सारी, न्युरो सर्जन डाक्टर सुरेश सापकोटा, नजमुस्वा अन्सारी, हाडजोर्नी विशेषज्ञ डाक्टरद्धय श्रीराम खाती, डाक्टर ओमकार विष्ट लगायतको सहभागिता रहेको थियो। 

१६ अक्टोवर १८४६ मा विश्वमा प्रथम पटक सफलतापूर्वक एनेस्थेसिया सेवा अमेरिकाको मासाचुसेट्स अस्पतालमा प्रयोग गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस