सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडीको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ३०, ०१:५७

पोखराः पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको हो।

क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत सहभागी नेपाल त्रिभुवन आर्मी क्लवका खेलाडी निसिम थापाको आइतबार मध्याह्न मृत्यु भएको बताइएको छ। पोखरा–१८ सराङकोटमा जमिनबाट एक सय मिटरमाथि आकाशमा उडिरहेको प्याराग्लाइडिङ दुर्घटना हुँदा २६ वर्षीय निसिमको मृत्यु भएको प्रहरीले बताएको छ।

उनी पोखरा–१० अस्पताल चोकका बासिन्दा हुन्। दुर्घटनामा घाइते भएका उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस