सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चौराहमा फेसियल हाउसको शाखा सञ्चालनमा

२०७९ असोज ३०, १२:३० खबर संवाददाता

धनगढीः धनगढीको चौराहमा फेसियल हाउसको शाखा सञ्चालनमा आएको छ। ७० लाखको लगानीमा फेसियल हाउस सञ्चालनमा ल्याइएको हो।

हाउसको शनिबार एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरे। 

सञ्चालक सविना बुढाऐरका अनुसार फेसियल हाउसमा हेयरकटिङ्ग, कलरिङ्ग, रिमूभर लेजर मेसिन, हेयर, ब्युटी र स्किन केयर मेसिन, कृत्रिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता सेवाहरू उपलब्ध हुनेछन्। उनले दीपावलीको अवसरमा २० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ। 

फेसियल हाउसकी अर्की सञ्चालक सुष्मा महराले उच्च प्रविधिको फेसियल हाउस सुदूरपश्चिममा नभएकाले धनगढीको चौराहमा गुणस्तरीय सेवाका लागि शाखा सञ्चालन गरिएको बताइन्। 

फेसियल हाउसको उद्घाटन गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले पछिल्लो समय धनगढी व्यवसायीक रूपमा अघि बढिरहेका बेला फेसियल हाउस काठमाडौँको शाखा धनगढीमा ल्याएकोमा खुसी लागेको बताए। यो व्यवसाय सौन्दर्ययता र स्वास्थ्यसँग जोडिएकोले गुणस्तरीय सेवा दिन समेत उनले आग्रह गरेका छन्। 

धनगढीसँगै अहिले फेसियल हाउसले काठमाडौँको मल भवनको चौथो तल्ला, चाबेल, सिटिसी मल,पोखरा, र सुर्खेतमा समेत आफ्नो शाखा विस्तार गरेर सेवा दिइरहेको छ।
 

कमेन्ट लोड गर्नुस