धनगढीको पवन अटो मोबाइल्सद्धारा सिप्रदीको टाटा च्याम्पियन जोन उद्घाटन
धनगढीको पवन अटो मोबाइल्सले टाटा च्याम्पियन जोनको उद्घाटन गरेको छ। सिप्रदी अटो पार्टस प्रालीले बिक्रि गर्दै आएको टाटा जेन्युन पार्टस सहजै ग्राहक सम्म पु¥याउने उद्देश्यले टाटा च्याम्पियन जोनको स्थापना गरिएको हो।
पवन अटो मोबाइल्सले आयोजना गरेको कार्यक्रममा सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले जोनको उद्घाटन गरेका हुन्। पवन अटो मोबाइल्सका प्रबन्ध निर्देशक गौरव अग्रवालले जोनको उद्घाटन भएसँगै सिप्रदीले स्वरुम मार्फत बिक्रि गर्दै आएको टाटा जेन्युन पार्टस अब ग्राहकले सहजै खरिद गर्न सक्ने बताए।
टाटाको गाडी प्रयोग गर्नेहरुले पवन अटो मोवाइल्सबाट सुपथ मूल्यमा सहजै पार्टसहरु पाउने र गाडी सम्बन्धी कुनै समस्या भए समाधान गर्न सकिने जानकारी दिए। सिप्रदी टाटा मोर्टसका जनरल म्यानेजर युवराज बुढाथोकीले ग्राहकले विश्वासिला ठाउँमा पार्टसहरु पाओस भन्ने उद्देश्यले धनगढीका लागि पवन अटो मोबाइल्सलाई छनौट गरिएको बताए।
च्याम्पियन जोन मार्फत पार्टसहरु उपलब्ध गराउनुका साथै स्थानीय मेकानिकलाई तालिम दिदै जाने समेत बुढाथोकीले जानकारी दिए। उनले टाटा मोटर्स र सिप्रदी पार्टसलाई विश्वास गरेझै ग्राहकले पार्टसका लागि पवन अटो मोबाइल्सलाई समेत विश्वास गर्ने धारणा व्यक्त गरे।