बाजुराका ५ गाउँमा २४ घर भत्किए, बस्नलाई बास छैन
धनगढीः बाजुराको जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं –२ को चार गाउँका २४ घर पूर्णरुपमा भत्किएका छन्। जगन्नाथ गाउँपालिका वडा नं –२ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ परिवारका घर अविरल वर्षाका कारण आएको पहिरोले भत्काएको थियो।
पहिरोले घर भत्काएपछि अहिले ती परिवारहरूलाई बास बस्न पनि समस्या भएको छ। जगनाथ गाउँपालिका वडा नं–२ का गोरखे सार्कीले घर भत्किएपछि अहिले खुल्ला आकाशमा बसेको बताए। असोज १९ देखि २५ गते सम्म लगातार परेको वर्षाका कारण यहाँका स्थानीय खुल्ला आकाशमुनि बास बस्दै आएका छन्।
यस्तै उनीहरुले खाद्यान्न, लुगा कपडाको समेत समस्या भएको बताएका छन्। यता, जिल्ला प्रशासन कार्यालय, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने जगनाथ गाउँपालिका अधिकांशको घर निर्माणका लागि रकम खातामा हालिदिएको बताए।
घर निर्माणका लागि नै सरकारले एक परिवारलाई ५ लाख रकम दिदै आएको उनले बताए।