सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १ जनाले लिए उम्मेदवारी फिर्ता, गठबन्धनलाई सघाउने

२०७९ असोज २७, ०६:३३ खबर संवाददाता

बैतडीः बैतडीमा प्रतिनिधिसभातर्फबाट उम्मेदवारी दर्ता गराएका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले उम्मेदवारी फिर्ता लिएका हुन्। 

उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए।  उनले बुधबार दिउँसो १ बजे उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेता भट्टले आफूले उम्मेदवारी फिर्ता लिएको र गठबन्धनलाई सघाउने बताए। बैतडीका सहायक निर्वाचन अधिकृत तीर्थराज अर्चायका अनुसार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ४ जनामध्ये तीन जनाले भने उम्मेदवारी फिर्ता लिएका छैनन्।

प्रदेशसभा क्षेत्र नं (१) बाट उम्मेदवारी दिएका कांग्रेस नेता हरिमोन भण्डारीले भने उम्मेदवारी फिर्ता लिएनन्। यसै क्षेत्रका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता नरेन्द्र भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।

गठबन्धनमा बैतडीमा प्रतिनीधिसभातर्फ नेकपा (माओवादी केन्द्र) र प्रदेशसभाका दुवै सिट कांग्रेसको भागमा परेको छ।

कमेन्ट लोड गर्नुस