सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी सेवा-सुविधा फिर्ता गर्न सुदूरपश्चिमका सांसदहरुको अटेरी

२०७९ असोज २५, ०८:०० रोशन भट्ट

धनगढीः सुदूरपश्चिमका सभामुख, उपसभामुखदेखि विषयगत समिति तथा प्रदेश सभा सदस्यहरुले विभिन्न सरकारी सुविध बुझेका थिए। जसमा सभामुख अर्जुनबहादुर थापाले एक गाडि, निवास, फर्निचर, ल्याप्टप लगायत बुझेका सबै सामान मंगलबार फिर्ता गरेका छन्।

उपसभामुख निर्मला बडाल जोशीले पनि सभामुखकै जस्तै, गाडि, निवास, फर्निचन, सुत्ने बेड, ल्याप्टप लगायतका सरकारी सुविधा लिएकी थिइन्। तर, उनले अहिलेसम्म अफ्नो कार्यकाल नसकिएको भन्दै सुविधा फिर्ता गर्न अटेरी गरिरहेकी छिन्। सभामुख र उपसभामुखका स्वकीय सचिवले बुझेका भौतिक सामाग्रीहरु पनि फिर्ता गरेका छैनन्।

कार्यव्यवस्था परामर्श समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिका सभापतिहरुले पनि गाडी लगायतको सुविधा बुझेका थिए। जसमा विधायन तथा प्रदेश मामिला समितिका संयोजक नेपालु चौधरीले मात्रै सरकारी सुविधा फिर्ता गरेका छन्। बाँकी कुमारी नन्दा बम, हर्कबहादुर कुँवर र कुन्ती जोशीले कुनै सरकारी सुविधा फिर्ता गरेका छैनन्। 

सत्ता पक्षाका प्रमुख सचेतक, दुर्गा कामी, अक्कलबहादुर रावल र अम्बी कुमारी थापालाई पनि गाडी सुविधा दिइएको छ। प्रमुख प्रतिपक्ष दलका नेता प्रकाश शाहले पनि सोही सुविधा लिदै आएका छन्। जसमध्ये दुर्गा कामी, लिलाधर भट्ट र अक्कल बहादुर रावलले मात्रै सुविधा फिर्ता गरेका छन्। भने, अम्बीकुमरी थापाको सवालमा भने गाडी दिइएन। उनलाई यातायात खर्च दिने गरिएको छ। 

अन्य प्रदेश सभा सदस्यहरुले भने प्रदेश सभा सचिवालयमा एक थान ल्याप्टव बुझेका थिए। जसमध्ये हालसम्म वीरमान चौधरी, महेशदत्त जोशी, अक्कल रावल, गोविन्द राज बोहरा, मलमती राना, कृष्णराज सुवेदी, हर्कबहादुर कुँवर, नेपालु चौधरी, गेल्वुसिंह बोहरा, लिलाधर भट्ट, रतन थापा, दीर्घबहादुर सोडारी, तारा लामा तामाङ, नन्दबहादुर साउँद र अमर साउँदले गरी १७ जनाले मात्रै ल्याप्टप प्रदेश सभा सचिवालयमा फिर्ता गरेका छन्।

ल्याप्टव ४६ जनाले बुझेका थिए। बाँकी प्रदेश सभा सदस्यहरुले भने प्रदेश सभा सचिवालयबाट लिएको सुविधा फिर्ता गरेका छैनन्। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस