सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पहिरोले सात परिवार विस्थापित 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असोज २५, ०५:२१ खबर संवाददाता

धनगढी: बाजुरामा निरन्तरको वर्षाका कारण पहिरो जाँदा सात परिवार विस्थापित भएका छन्। प्रहरीका अनुसार जिल्लाको हिमाली गाउँपालिका-५ का सात परिवार विस्थापित भएका हुन्।

जमिन भाँसिएर पहिरो जान थालेपछि स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, करन बुढथापा, धनबहादुर बुढथापा, नरेन्द्र बुढथापा, विष्णु कार्की र जयलाल बुढथापाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विस्थापित सातै परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस