सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पहिरोले दुई घर भत्किए

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असोज २५, ०४:२४ खबर संवाददाता

धनगढी: बैतडीमा लगातारको वर्षाका कारण आएको पहिरोले दुई घर भत्किएका छन्। जिल्लाको सुर्नया गाउँपालिका-७ बान्नी टोल गताडका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छ/छ कोठे घर भत्किएका बताइएको छ।

घरमाथिबाट पहिरो खस्दा घर भत्किएका हुन्। आइतबार साँझ खसेको पहिरोले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पत्थरले छाएका घर भत्किदा गेठमा बाँधेका पशुचौपाया घाइते भएका बताइएको छ। पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका छन्। 

कमेन्ट लोड गर्नुस