कैलालीमा उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्वका सडक निर्माणमा ढिलासुस्ती
कतिपय सडकहरुमा बल्ल आएर वातावरणीय प्रभाव मुल्याकंन हुँदै
कैलालीको उत्तर–दक्षिण जोड्ने रणनीतिक महवत्का ५ सडक निर्माणमा ढिलासुस्ती भएको छ । कैलालीको मध्यभागका बस्तीलाई पूर्व–पश्चिम राजमार्ग र भारतको सीमासँग जोड्ने ती सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरिरहेका छन् । कतिपय सडकहरुमा भने सडक निर्माण गर्नुअघि नै गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकनको काम पनि निर्माणको काम थालिएको छ । सडक कालोपत्रेको काम हुनुअघि गर्नुपर्ने सडक निर्माणको काम भईरहँदा वल्ल आएर वातावरणीय प्रभाव मुल्यांकनको काम भईरहेको छ । कैलाली जिल्लाका आर्थिक मेरुदण्डका रुपमा हेरिएका रणनितिक सडकहरुको निर्माणमा ढिलासुस्ती भईरहेको हो । उत्तर–दक्षिणलाई जोड्ने रणनैतिक महत्वमा ५ सडक निर्माणको ठेक्का सम्झौता ०७३÷७४ बाट सुरु भएकोमा हालसम्म ती सडकहरुले गति लिन सकेका छैनन् । विभिन्न कारणले भएको ढिलाईले ती ५ वटा सडकहरुको प्रगति ४० प्रतिशतभन्दा बढी हुन सकेको छैन् ।
भारतको चन्दन चौकी सीमा बजारलाई जोड्ने फूलबारी–चौमाला सडक योजनाको १४ किमि निर्माणको काम कछुवा गतिमा छ । ०७३÷७४ मा १४ किमि निर्माणको ठेक्का नागार्जुन कन्स्ट्रक्सनले १८ करोडमा लिएर काम थालेकोमा अहिले ९ मिलोमिटरमा स्तरोन्नतिको काम भईरहेको छ । बहुलिया–फूलबारी र भोजपुर सडक योजनाको पहिलो चरणमा ५ किमि निर्माण गर्नुपर्ने यसको काम सवैभन्दा कम भएको छ । सिएवी कन्स्ट्रक्सनले ७ करोडमा ठेक्का लिएर चालु आर्थिक बर्षमा निर्माण थालेको हो । यो सडकको काम सवैभन्दा कम भएको सडक डिभिजन कार्यालयका ईन्जिनियर महेन्द्र पन्तले बताए । यस्तै मिक्स लिंक रोडका रूपमा रहेको गुलरियाघाट–भजनी र मुडा राजमार्ग चालु आवमा ७ किमि खण्डको स्तरोन्नतिका लागि ८ करोडमा केएस कन्ट्रक्सनले ठेक्का सम्झौता गरेर काम गरिरहेको छ । ०७३÷७४ मै ठेक्का सम्झौता भएको मौरियाघाट–थापापुर–झुवै हुँदै बहुनियाको साढे ९ किमि सडकको १३ करोडमा भएको ठेक्काको कामको प्रगति पनि सन्तोषजनक छैन । यसको ठेक्का पनि नागार्जुन कन्स्ट्रक्सनले लिएको छ । त्यस्तै डुडेझाडी–टीकापुर–खक्रौलाको साढे ४ किमिको ठेक्का के एस कन्स्ट्रक्सनले ३ करोडमा ठेक्का लिएर काम गरिरहेको ईन्जिनियर पन्तले बताए ।
अहिलेकै गतिमा काम भए जिल्लाका उत्तर–दक्षिण जोड्ने सडक योजना समयावधिभित्र पूरा हुन मुस्किल देखिएको छ । पाँच वटा सडकहरुमध्ये चार वटा सडकको निर्माण अवधि चालु आर्थिक बर्षको असार मसान्तसम्म रहेको छ । एक सडकको भने अर्को आर्थिक बर्षसम्म रहेको छ । यो अवधिमा सवै सडक निर्माणको काम सम्पन्न हुनेमा चुनौती रहेको छ । तर आफुहरुले गरिरहेको काम निर्धारित समयमै गर्ने निर्माण कम्पनीहरुको दावी रहेको छ । गुलरियाघाट–भजनी र मुडा तथा डुडेझाडी–टीकापुर–खक्रौला सडक निर्माण काम गरिरहेको निर्माण व्यवसायी दिलबहादुर ओली तोकिए
रणनितिक महत्वका सडक निर्धारित समयमै निर्माण सम्पन्न नहुने आशंका रहेका वेला ती मध्येका कतिपय सडकको वातावरणीय प्रभाव मुल्यांकनको काम निर्माण अवधि सकिने समयमा हुन थालेको छ । सडक आयोजना गरेर कार्यान्वयनका लागि आएपछि कार्यान्वयन गरेको तर वातावरणीय प्रभाव मुल्यांकनको काम भने बल्ल आएर भईरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयका ईन्जिनियर महेन्द्र पन्तले सुरुमा काम हुन नसकेका कारण वातावरणी प्रभाव मुल्याकंनको काम अहिले गर्नु परिरहेको बताउँछन् ।