धनगढीमा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया सम्पन्न
धनगढी: धनगढीमा मानिसक स्वास्थ्य सम्बन्धि सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२२ को अवसर पारेर आइतबार सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको हो। स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा टीपी नेपाल र कोसिस नेपालको समन्वयमा अन्तरक्रिया भएको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीको अध्यक्षतामा गरिएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर जगदिश जोशी थिए।
कार्यक्रममा धनगढी उपमहानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी, दृष्ट्रि फाउन्डेसन, मानव सेवा आश्रमका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा कोसिस नेपालका पशुपति खड्काले मानसिक स्वास्थ्य सम्बन्धि प्रस्तुति गरेकी थिइन्।
अन्तरक्रियामा समुदायमा मानसिक स्वास्थ्यको अवस्था, मानसिक स्वास्थ्य समस्याको पहिचान, निदान, उपचार र रोकथामका लागि अपनाउन सकिने पक्षबारे प्रस्तुति गरिएको थियो।