सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदी र खोलामा पानीको बहाउ बढेपछि बाजुराको एक प्रहरी चौकी विस्थापित

२०७९ असोज २४, ०८:२७ खबर संवाददाता

धनगढी: बाजुराको एक प्रहरी चौकी विस्थापित भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिकास्थित जुड्डी प्रहरी चौकी विस्थापित भएको हो।

उक्त प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीमा पानीको बहाउ बढ्दा जमिन कटान भई जोखिममा रहेको र चौकीको टोली सोही स्थानमा निर्माणाधिन स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। त्यस्तै हिमाली गाउँपालिकाको कवाडीमा रहेको अस्थाई प्रहरी पोष्ट कुवाडी समेत कर्णाली नदी र कुवाडी खोलामा पानीको बहाव बढ्न गई जोखिममा परेको प्रहरीले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णली नदीमा आइतबारदेखि बढेको जलसतह अहिले भने घटेको छ। 
 

कमेन्ट लोड गर्नुस