सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको छाङ्गरु र तिंकरमा हिमपात, जनजीवन प्रभावित

२०७९ असोज २३, ०५:२६ खबर संवाददाता

दार्चुलाः तीन दिनदेखि लगातार परिरहेको वर्षापछि दार्चुलाको व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ। शुक्रबार बिहानबाटै हिमपात सुरु भएको थियो। 

चीनको सीमा नजिकै रहेको तिंकर गाउँ र भारतीय अतिक्रमणमा रहेको कालापानी नजिकैको गाउँ छाङ्गरुमा हिमपात भएको हो। हिउँ पर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं प्रहरी प्रवक्ता राजेश शाहीले बताए। 

हिउँ पर्न थालेका कारण चिसो अत्यधिक बढेको छ। यो वर्ष पहिलोपटक गाउँमा हिउँ परेको हो। हिउँ परेपछि चौरी, झुपु, घोडा लगायतका गाईवस्तु चरिचरनमा समस्या भएको छ। 

चिसो बढेका कारण स्थानीय आगो तापेर दिन बिताउन बाध्य छन्।

कमेन्ट लोड गर्नुस