सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको सिगाडी खोलामा एक युवक मृत भेटिए

२०७९ असोज २३, ०२:३५ खबर संवाददाता

धनगढीः बाजुराको सिगाडी खोलामा एक युवक मृत भेटिएका छन्। जिल्लाको बुढीनन्दा नगरपालिका ८ पाण्डुसैन बस्ने ४३ वर्षीय मदन बोहरा सोही नगरपालिका वडा नम्बर ७ स्थित सिगाडी खोलामा मृत भेटिएका हुन्। 

शनिबार उनी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। गत शुक्रबार आफ्नै अर्को घर जान्छु भनी गएका उनी सम्पर्कमा नआएकोले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस