सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा काँग्रेस नेता हरिमोहन भण्डारीले गरे स्वतन्त्र उम्मेदवारी दर्ता 

२०७९ असोज २३, ०२:२२ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसका नेता हरिमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। टिकट नपाएपछि नेता भण्डारीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बैतडीको प्रदेश सभा क्षेत्र नं ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।

भण्डारी कांग्रेसका महासमिति सदस्यसमेत हुन्। २०७४ सालको चुनावमा उनी बामगठबन्धनका उम्मेदवार प्रेमप्रकाश भट्टसँग झिनो मतान्त्ररले पराजित भएका थिए। नेपाली काँग्रेसले प्रदेशसभा क्षेत्र नम्बर ‘क’ मा जिल्ला पार्टी उपसभापति बिरबहादुर विष्टलाई  टिकट दिएको छ। 

कमेन्ट लोड गर्नुस