सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वर्षाका कारण विद्यालयको भवन भत्कियो 

२०७९ असोज २२, १०:३९ खबर संवाददाता

धनगढी: बैतडीमा लगातारको वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ। जिल्लाको पाटन नगरपालिका-३ बुङडास्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्किएको हो।

प्रधानाध्यापक सुरेन्द्र विष्टका अनुसार तीन कोठे भवन भत्किएको छ भने एक कोठे भवन भत्किने अवस्थामा रहेको छ। कक्षा पाँचसम्म पढाइ हुने सो विद्यालयका जीर्ण अवस्थामा रहेका पुराना भवन केही दिनदेखिको लगातारको वर्षाले भत्किएका छन्। अहिले विद्यालय बन्द रहेको छ।


 

कमेन्ट लोड गर्नुस