सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले बोलाए उम्मेदवार छान्न बैठक

२०७९ असोज २१, ०८:३७ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। सत्ता गठबन्धनको बैठकका कारण बिहीबार बोलाइएको कार्यसम्पादन समितिको बैठक प्रभावित भएपछि देउवाले आज मध्यान्ह १२ गते पुनः बैठक बोलाएका हुन्।

बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए। उनका अनुसार कांग्रेसमा प्रतिनिधिसभाको उम्मेदवार चयनमा खासै समस्या छैन। 

बिहीबार विहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको भएपनि गठबन्धन बैठकमा कारण बस्दै नबसी स्थगित भएको थियो। गठबन्धनमा सहमति भएपछि कुनै पनि बेला बालुवाटार आउनुपर्ने भन्दै नेताहरुलाई स्ट्यान्ड बाइ बस्न भनिएको थियो। तर विहीबार राति ८ बजेसम्म बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि कांग्रेस नेताहरुलाई बालुवाटार नबोलाइएको बुझिएको छ।

कमेन्ट लोड गर्नुस