सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरमा आगलागी हुँदा जलेर बैतडीकी एक वृद्धा घाइते 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २०, ०८:५६ खबर संवाददाता

धनगढी: बैतडीमा एक घरमा आगलागी हुँदा वृद्धा जलेर घाइते भएकी छिन्। जिल्लाको पुर्चौँडी नगरपालिका-८ डणपुरस्थित ८४ वर्षीया जयमती साउँदको घरमा आगलागी हुँदा उनी जलेर घाइते भएकी हुन्।

बिहीबार दिउँसो भान्सा कोठाको चुलोमाथि सुकाउन राखिएको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ। उनको पुर्चौँडी स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस