बाजुराको डाब खप्तड पर्यटन सडक चार महिनापछि सुचारु
बाजुराः बाजुराको डाब खप्तड पर्यटन सडक चार महिनापछि सञ्चालनमा आएको छ। चार महिनादेखि अवरुद्ध हुँदैआएको सो सडकलाई स्थानीय तहले दशैं तिहार अगावै खोल्नेगरी निर्माणको काम सम्पन्न गरेपछि नवमीको दिनदेखि सञ्चालनमा आएको हो।
बूढीगङ्गा नगरपालिका १० का अध्यक्ष दलबहादुर साउँदले सो सडकलाई वडा पालिकाले भदौमै सुचारु गर्नेगरी काम गर्दैआएको भए पनि बर्खाको समय बाढ पहिरोको कारण सडक खोल्न समय लागेको बताए। उनले भने, “लामो समयको प्रयासले डाब खप्तड पर्यटन सडक डाबदेखि डुग्ररसैनसम्म, सिगाडा, झण्डार देउमाण्डौं बदेडा हुँदै डुँग्ररसैन जिप, ट्याक्टर लगायतका सवारी साधन सुचारु हुन थालेका छन्।
डाब खप्तड पर्यटन सडक सुचारु भएपछि काँडा जयवागेश्वरी, जुवापानी सोलापाखा तीमाडा बदेडाका स्थानीयलाई दैनिक उपभोग्य सामग्री तथा आउजाउमा सहज भएको वडाध्यक्ष साउँदले बताए।