बैतडीको उदयदेव मन्दिरमा आयोजित देउडा कार्यक्रम सम्पन्न
धनगढी: बैतडीको पाटनस्थित प्रसिद्ध सिद्धनाथ–उदयदेव मन्दिरमा आयोजित देउडा कार्यक्रम सम्पन्न भएको छ। पाटन नगरपालिकाको आर्थिक सहयोग र प्रतिष्ठित धामी समूहको आयोजनामा हिजोबाट सञ्चालन भएको देउडा कार्यक्रम आज सम्पन्न भएको हो।
देउडा कार्यक्रममा १४ जना देउडियाको सहभागिता रहेको थियो। आयोजकका अनुसार सहभागी सबैलाई नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ। सो मन्दिरमा घटनास्थपनादेखि हुने मुख्य पूजा रोकिएपछि यो वर्ष मन्दिर परिसरमा देउडा कार्यक्रम राखिएको थियो।